ad ad

गण्डकी


आरुपाटा पहिरोः ३ वर्षीय आरुष थापा मृत भेटिए, मृतकको संख्या ९ पुग्यो

आरुपाटा पहिरोः ३ वर्षीय आरुष थापा मृत भेटिए, मृतकको संख्या ९ पुग्यो

घटनास्थल


नेपालखबर
साउन २३, २०८१ बुधबार १३:७, पोखरा

बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १०, आरुपाटामा पहिरोमा बेपत्ता ३ वर्षीय आरुष थापा मृत भेटिएका छन्। 

उद्धारमा खटिएको टोलीले बुधबार उनको शव फेला पारेको हो।

आरुषको शव भेटिएसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ। यसअघि मंगलबार ८ जनाको मृत्यु भइसकेको छ। 

मंगलबार गएको पहिरोमा बेपत्ता अझै ३ जनाको अवस्था थाहा हुन सकेको छैन। 

बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वलीका अनुसार ११ वर्षीय सुमन थापा, ७ वर्षीया मधु थापा र १० वर्षका मनोज बुढाको खोजी जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .