ad ad

ग्लोबल


अमेरिकाले तीन हजार सैनिक अफगानिस्तान पठाउँदै

अबको ३० दिनमा तालिबानले काबुल कब्जा गर्ने निष्कर्ष
अमेरिकाले तीन हजार सैनिक अफगानिस्तान पठाउँदै

नेपालखबर
साउन २९, २०७८ शुक्रबार १५:१६, काठमाडौँ

अमेरिकाले अबको ३० दिनभित्र तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गर्ने निष्कर्ष निकालेको छ। तालिबानको कब्जासँगै आफू समर्थित सरकार पनि चाँडै ढल्ने अनुमान अमेरिकाले लगाएको हो। 

यस्तो आशंकाबीच अमेरिकाले आफ्ना नागरिकको उद्दारका लागि तयारी थालेको छ। आफ्ना नागरिकको उद्दारका लागि अमेरिकाले आफ्ना ३ हजार सैनिक फेरि अफगानिस्तान पठाउने भएको छ। 

तर अमेरिकाले ती सैनिक लामो समयका लागि अफगानिस्तान नजाने पनि स्पष्ट पारेको छ। अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी सैनिकको मिसन छोटो समयका लागि हुने जनाएको छ।

अमेरिकाले अफगानिस्तानमा पठाउन आफ्ना ३५ सय सैनिक कुवेतस्थित सैन्य बेसमा तैनाथ गरेको छ। यी सैनिक आवश्यकता अनुसार अफगानिस्तान सरकारको मद्दतका लागि जान सक्नेछन्। यसका अलावा १ हजार सैनिक कतारमा पनि तैनाथ छन्। 

यी सैनिकले ती अफगानीको मद्दत गर्नेछन् जो विशेष भिसामा अमेरिका बस्न चाहन्छन्। 

पेन्टागनका प्रवक्ता जोन किर्बीले राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्तीबारे दिएको वक्तव्य स्मरण गर्दै आफूहरु केबल आफ्ना नागरिकको उद्दारमा खटिने उल्लेख गरे। 

किर्बीले आफ्ना नागरिकको उद्दार र अन्य आवश्यक सहयोग परेकाहरुलाई अफगानिस्तान बाहिर निकाल्ने योजनामा रहेको पनि जानकारी दिए।

उनले यसलाई अस्थायी मिसन भनेका छन्। जसको केबल केही लक्ष्य छन्। उनले विदेश मन्त्रालयलाई पनि विशेष अध्यागमन भिसा दिने प्रक्रियालाई तीव्र बनाउन आग्रह गर्दै त्यसमा कुनै अवरोध हुन नहुनेमा पनि जोड दिएका छन्। 

जो बाइडेनले राष्ट्रिय सुरक्षा सलाहकारसँग अफगानिस्तानको अवस्थालाई लिएर बैठक गरेका छन्। त्यसपछि अमेरिकी दूतावासले अलर्ट जारी गरेको थियो।

अफगानिस्तामा रहेका अमेरिकीलाई कुनै पनि उडानमा त्यहाँबाट बाहिरिन दूतावासले भनेको छ। 

यसका लागि अमेरिकाले अफगानिस्तानमा अतिरिक्त उडान पनि राख्ने भएको छ। यी अतिरिक्त उडानबाट अफगानिस्तानमा आफूहरुलाई सहयोग गरेका नागरिकलाई विशेष भिसा दिएर अमेरिका लैजाने योजना बनाइएको छ।

अमेरिकी प्रवक्ता नेड प्राइसले अफगानिस्तान दूतावासका काम गरिरहेका ५४ सय कर्मचारीलाई त्यहाँबाट निकाल्ने अभियान सुरु भइसकेको बताएका छन्।

यिनमा करिब १४ सय अमेरिकी नागरिक छन्। उनले काबुलमा आफूहरुले निगरानी गरिरहेको बताउँदै ती कर्मचारी र दूतावास कार्यालय रक्षाका लागि उपाय खोजिरहेको पनि उल्लेख गरे। 

समाचार अनुसार अमेरिकी वार्ताकारले यदि तालिबानले राजधानी काबुल कब्जा गरेमा आफ्नो दूतावासमा हमला नगर्न आग्रह गरिरहेका छन्। उनीहरुका नागरिक र दूतावासका अधिकारीमाथि कुनै क्षति नपुर्‍याउन पनि अमेरिकाले तालिबानलाई भनेको छ। तालिबानसँग मुख्य अमेरिकी दूत जाल्मय खलीलजादको नेतृत्वमा वार्ता भइरहेको छ।

तालिबानका अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहारमाथि कब्जा गरिसकेको छ। समाचार एजेन्सी एपीका अनुसार तालिबानले अहिलेसम्म ३४ मा 12 प्रान्तमाथि कब्जा जमाइसकेको छ। कन्दाहारमाथि तालिबानले बिहीबार राति कब्जा गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .