ad ad

ग्लोबल


पाकिस्तानमा छुट्टाछुटै तीन आक्रमणमा ६ सुरक्षाकर्मीको मृत्यु

पाकिस्तानमा छुट्टाछुटै तीन आक्रमणमा ६ सुरक्षाकर्मीको मृत्यु

नेपालखबर
कात्तिक ४, २०७८ बिहिबार १४:४१, काठमाडौँ

पाकिस्तानमा छुट्टाछुट्टै तीन आक्रमणमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार तीनमध्ये दुई आक्रमण पाकिस्तानको पश्चिमी प्रान्तस्थित सुरक्षा चौकीमा भएको हो।

पछिल्लो केही समययता पाकिस्तानमा सुरक्षाकर्मीलाई लक्षित गरी हुने आक्रमण बढेको छ। 

बुधबार पाकिस्तानको उत्तरपश्चिमी जिल्ला बाजौरमा सुरक्षाकर्मीलाई लक्षित गरी गराइएको विष्फोटमा परी कम्तीमा चार सुरक्षाकर्मीको मृत्यु भएको पाकिस्तानको सेनाले बताएको छ। सेनाका अनुसार उनीहरुमध्ये दुईजना सेना र दुईजना प्रहरी थिए। बाजौर जिल्ला अफगानिस्तानसँग सीमा जोडिएको जिल्ला हो। 

त्यस्तै बाजौरको दक्षिणी क्षेत्रमा रहेको हान्गु जिल्लामा पनि आक्रमणकारीहरुले सुरक्षाकर्मीलाई लक्षित गरी गरेको आक्रमणमा २६ वर्षीय एक सैनिकको मृत्यु भएको छ।

बालोचिस्तानमा भएको अर्को एक आक्रमणमा पनि सैनिकको मृत्यु भएको छ। अहिलेसम्म कुनै पनि आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .