बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिने भएका छन्।
एकपछि अर्का मन्त्रीले राजीनामा दिएर संकटमा परेका जोनसोन आफैंले पद त्याग्न लागेका हुन्।
स्काई न्यूजका अनुसार जोनसनले बिहीबारै पदबाट राजीनामा घोषणा तयारी गरेका छन्।
चौतर्फी विवादले घेरिएका बेलायती प्रधानमन्त्री बोरिस जोनसन आफ्ना मन्त्रीहरुले भटाभट राजीनामा दिन थालेपछि संकटमा परेका छन्।
उनी आफ्नो राजनीति जोगाउन संघर्षरत छन्। मंगलबार चान्सलर रिसी सुनाक र स्वास्थ्यमन्त्री साजिद जाविदले जोनसनको नेतृत्वमाथि प्रश्न उठाउँदै राजीनामा दिएका थिए।
लगत्तै अन्य मन्त्री र सरकारी अधिकारीहरुले राजीनामा दिइरहेका छन्।
शिक्षामन्त्री विल क्विन्सले पनि राजनीतिमा दिएका छन्। त्यस्तै, यातायात विभागमा ‘पार्लियामेन्ट्री प्राइभेट सेक्रेटरी’ रहेकी सांसद लाउरा ट्रटले पनि राजनीतिमा दिएकी छन्। उनले सरकारले विश्वास गुमाएको बताएकी छन्।
विपक्षी दलका नेताहरुले अन्य मन्त्रीलाई राजीनामाका लागि आग्रह गरेका छन्।
प्रधानमन्त्री जोनसनले यौन दुर्व्यवहारको आरोप लागेको थाहा पाउँदा पाउँदै क्रिस पिन्चरलाई गत फेब्रुअरीमा सचेतकमा नियुक्त गरेको खुलासा भएपछि पछिल्लो विवाद सुरु भएको हो।
मंगलबार जोनसनले त्यो आफ्नो गल्ती भएको भन्दै माफी मागेका छन्। त्यसलगत्तै मन्त्रीहरुले राजीनामा दिन सुरु गरेका थिए।
Shares
प्रतिक्रिया