चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको समापन समारोहबाट पूर्वराष्ट्रपति हु चिन्ताओलाई बाहिर निकालिएको छ। एकदमै कमजोर र बिरामी देखिएका हु राष्ट्रपति सी चिनफिङको छेउमै बसेका थिए।
दुई जना अधिकारीहरुले उनी नजिकै पुगेर उनलाई उठाएर भर दिँदै बाहिर निकालेका थिए। सुरुमा उनले कुर्सीबाट उठ्न आनाकानी गरेजस्तो देखिन्छ।
निस्किँदै गर्दा हुले सीलाई केही भनेका थिए। सीले पनि मुन्टो हल्लाएर जवाफ दिएका थिए।
हु ७९ वर्ष पुगिसकेका छन्। त्यसरी हु बाहिर निस्किनुको कारण भने दिइएको छैन। हु २००३ देखि २०१३ सम्म राष्ट्रपति थिए।
पार्टीको महाधिवेशनले राष्ट्रपति सी चिनफिङलाई तेस्रो कार्यकालका लागि निरन्तरता दिएको छ।
912
Shares
प्रतिक्रिया