ad ad

ग्लोबल


ऋषि सुनक आज बेलायतको प्रधानमन्त्री बन्दै

बोरिस जोनसन दौडबाट बाहिरिए
ऋषि सुनक आज बेलायतको प्रधानमन्त्री बन्दै

नेपालखबर
कात्तिक ७, २०७९ सोमबार १२:३५, काठमाडौँ

भारतीय मूलका ऋषि सुनक सोमबार बेलायतको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको छ। 

सोमवार साँझ साढे ६ बजे उनी प्रधानमन्त्री हुने कुरा प्रष्ट भइसक्नेछ। 

अघिल्लो प्रधानमन्त्री लिज ट्रसले केबल ४४ दिनमै राजीनामा दिएपछि सुनकको बाटो खुलेको हो। 

लिज ट्रसले राजीनामा दिएपछि बोरिस जोनसन, ऋषि सुनक र पेनी मरडन्टको नाम चर्चामा आएको थियो। 

तर आइतवार नै जोनसन दौडबाट बाहिरिएपछि अब नयाँ प्रधानमन्त्रीका लागि ऋषि सुनक र पेनी मात्रै दौडमा छन्। 

बेलायतको संसदमा ३५७ सदस्य छन्। चुनावको नयाँ नियम अनुसार प्रधानमन्त्री बन्नका लागि १०० भन्दा धेरै सांसदको समर्थन चाहिन्छ। 

बीबीसीको समाचार अनुसार सुनकलाई करिब १५५ सांसदले साथ दिँदैछन्।

अर्कातिर मरडन्टलाई २५ सांसदको साथ मिलेको छ। नयाँ प्रधानमन्त्रीका लागि आज पार्टीका सदस्यले ब्यालेटबाट नभइ अनलाइन भोटिङ गर्दैछन्। 

२८ अक्टोबरमा बेलायतका नयाँ प्रधानमन्त्रीले शपथ लिनेछन्। त्यसपछि २९ अक्टोबरमा नयाँ क्याबिनेट गठन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .