नेपालबाट चरेश लिएर भारत छिरिरहेका दुई भारतीय नागरिक पक्राउ परेका छन्।
सशस्त्र सीमा बल (एसएसबी)को ४१औं बटालियनले बुधवार भारत–नेपाल सीमा पानीट्यांकीबाट पक्राउ गरेका हुन्।
एसएसबी सूत्रका अनुसार पक्राउ पर्नेहरूमा ३० वर्षीय शम्भु क्षेत्री र ३४ वर्षीय टंकबहादुर क्षेत्री रहेका छन्। उनीहरू दुवै बाघ डुग्रानजिक नक्सलबारीका बासिन्दा हुन्।
एसएसबीले थप अनुसन्धान र कारबाहीका लागि पक्राउ परेका दुवै जनालाई खोरीबारी प्रहरीसमक्ष बुझाएको छ।
डब्ल्यूबी एआर ९५९६ नम्बरको सवारी साधमा आएका उनीहरुको साथबाट चरेशका १२ प्याकेट (साढे १० किलो) बरामद भएका थिए।
प्रतिक्रिया