ad ad

ग्लोबल


फेरि फैलिँदो कोरोना : यी पाँच देशका नागरिक भारत आउँदा पीसीआर परीक्षण अनिवार्य

फेरि फैलिँदो कोरोना : यी पाँच देशका नागरिक भारत आउँदा पीसीआर परीक्षण अनिवार्य

फाइल तस्बिर


नेपालखबर
पुस १४, २०७९ बिहिबार १८:३९, काठमाडौँ

भारत सरकारले नयाँ वर्षदेखि चीनसहित पाँच देशबाट भारत आउनेहरुले अनिवार्य आरटी पीसीआर परीक्षणको नियम लागु गरेको छ।

भारत सरकारले चीन, हङकङ, जापान, दक्षिण कोरिया र थाईल्यान्डबाट आउने यात्रीले जनवरी १ देखि अनिवार्य आरटी पीसीआर गर्नुपर्ने नियम ल्याएको हो। 

भारतीय स्वास्थ्य मन्त्री मनसुख मान्डवियाले यात्रीहरुले एयर सुविधा पोर्टलमा आफ्नो पीसीआर रिपोर्ट अपलोड गर्नुपर्नेछ।

यसका अलावा देशभरका एयरपोर्टमा र्‍यान्डम स्याम्पलङ र जिनोम सिक्वेन्सिङका लागि सरकारले पहिले नै निर्देशन दिइसकेको छ।

भारतमा पछिल्लो एक दिन अर्थात बुधबार कोरोना संक्रमणका २६८ मामिला भेटिएका छन्। यसअघि मंगलबार त्यो संख्या १८८ थियो।

एक दिनमा कोरोनाका २ लाख ३६ हजार बढी परीक्षण भएको थियो। समाचार एजेन्सी पीटीआईले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार कोरोना विस्तारै बढ्दैछ। 

नयाँ संक्रमित थपिएसँगै भारतमा कोरोनाका जम्मा सक्रिय संख्या ३५ सय ५२ पुगेको छ। भारतमा २४ घण्टायता २ जना संक्रमितको मृत्यु भएको छ। 

तर छिमेकी चीनसहितमा कोरोना तीव्र गतिमा फैलिँदो छ। चीनमा एकै दिन दशौँ लाख मानिस संक्रमित भइरहेका छन्। त्यसको असर हङकङमा पनि देखिन थालेपछि भारतले कडा नियम ल्याएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .