ad ad

ग्लोबल


पाँचवटा सवारीसाधन ठोक्किँदा १६ जनाको मृत्यु

पाँचवटा सवारीसाधन ठोक्किँदा १६ जनाको मृत्यु

नेपालखबर
माघ २२, २०७९ आइतबार २०:१७, चाङ्सा

मध्यचीनको हुनान प्रान्तमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। सो ठक्करबाट सडकमा हुँइकिएका अन्य ४९ वटा सवारीसाधन क्षतिग्रस्त भएको हुनान प्रान्तको हाइवे ट्राफिक प्रहरी विभागले जनाएको छ। 

उक्त दुर्घटनामा ६६ जना घाइते भएका छन्। घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ। सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको छ। उद्धार एवम् समन्वयका लागि आपत्‌कालीन व्यवस्थापन मन्त्रालयले दुर्घटनास्थलमा कार्यदल परिचालन गरेको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .