ad ad

ग्लोबल


कपाल नढाकेको कारण इरानमा दुई महिला पक्राउ

कपाल नढाकेको कारण इरानमा दुई महिला पक्राउ

नेपालखबर
चैत १९, २०७९ आइतबार ८:६, काठमाडौँ

इरानमा दुई महिलालाई कपाल नढाकेका कारण पक्राउ गरिएको छ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको  घटनासँग सम्बन्धित भिडियोमा ती दुई महिला एक पसलमा केही सामान खरिद गर्न पुग्छन्। कपाल देखाएको भन्दै पसल साहुले ती महिलाको टाउकोमा दही फालिदिन्छ। सामान्य विवाद भइरहेको बेला प्रहरी आइपुग्छ र प्रहरीले कपाल नढाकेको भन्दै उल्टै ती दुई महिलालाई गिरफ्तार गर्छ।

इरानमा हिजाब नलगाउनु गैरकानूनी मानिन्छ। त्यहाँको न्यायपालिकाले ती दुई महिलालाई सार्वजनिक रूपमा कपाल देखाएको आरोपमा हिरासतमा लिइएको बताएको छ।

पूरै टाउको ढाक्ने गरी हिजाब नलगाएको आरोपमा अघिल्लो वर्ष महसा अमिनीलाई प्रहरीले हिरासतमा लिएको थियो। अमिनीको ०२२ सेप्टेम्बर १६ मा प्रहरी हिरासतमै मृत्यु भएको  थियो।

त्यसयता इरानमा हिजाबविरुद्ध आन्दोलन जारी छ। आन्दोलनकै क्रममा थप दुई महिला सोही आरोपमा पक्राउ परेका हुन्।

हिजाबविरुद्ध जारी आन्दोलनमा हालसम्म ४८८ जना मारिएको मानवअधिकार संस्थाले दाबी गरेको छ। जसमा ६४ जना महिला र बालबालिका छन्। हजारौँ घाइते भएका छन्।

गत डिसेम्बरमा मात्रै हिजाबविरुद्धको आन्दोलनका क्रममा पक्राउ परेका ४ जनालाई त्यहाँको अदालतले फाँसी दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .