तिब्बत छाडेर भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामा विवादमा परेका छन्।
एकजना बालकलाई आफ्नो जिब्रो चुस्न लगाएपछि विवादमा तानिएका उनले माफी मागेका छन्।
उनले आफ्नो व्यवहार र शब्दबाट पुगेको चोटका लागि बालक र उनका परिवारसँग माफी मागेका हुन्।
समाचार अनुसार दलाई लामाले एक बच्चाको ओठ चुमेका थिए। त्यसपछि ती बालकलाई उनले आफ्नो जिब्रो पनि चुस्न लगाएका थिए। त्यो दृश्यसहितको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा जब एक बच्चा आध्यात्मिक नेतासामु झुक्न पुगेका थिए तब उनले यस्तो आपत्तिजनक कार्य गर्न लगाए। यो भिडिओ बाहिरिएपछि सामाजिक सञ्जालमा तीव्र आलोचनासहितका प्रतिक्रिया आएका छन्।
भिडिओमा बौद्ध भिक्षु आफ्नो जिब्रो बाहिर निकाल्दै बाकलाई त्यो चुस्न भनिरहेका छन्। यो भिडिओमा बालकलाई केही सोध्दै दलाई लामा भन्छन्, 'के तिमी मेरो जिब्रो चुस्न सक्छौ?'
भिडिओ भाइररल भएपछि सामाजिक सञ्जालमा मानिसहरुले आक्रोशपूर्ण टिप्पणी लेखेका छन्। यही विवादबीच उनले यो प्रकरणमा माफी मागेका हुन्।
दलाई लामाले सन् २०१९ मा आफ्नो उत्तराधिकारी महिला हुने भनेपछि विवादमा परेका थिए। उनले त्यसबेला महिला उत्तराधिकारी भएमा उनी आकर्षक हुनुपर्ने तर्क गरेका थिए।
दलाई लामाको यस टिप्पणीको विश्वभरबाट आलोचना भएको थियो। त्यसबेला पनि उनले माफी मागेका थिए।
Shares
प्रतिक्रिया