ad ad

ग्लोबल


अस्ट्रेलियाको जंगलमा हराएकी महिला, जो ५ दिनसम्म एक बोतल रक्सीको भरमा बाँचिन्

अस्ट्रेलियाको जंगलमा हराएकी महिला, जो ५ दिनसम्म एक बोतल रक्सीको भरमा बाँचिन्

नेपालखबर
बैशाख २५, २०८० सोमबार १८:४१, काठमाडौँ

अस्ट्रेलियाको घना जंगलमा हराएकी ४८ वर्षीया महिला ५ दिनपछि फेला परेकी छन्। यतिका दिनसम्म उनी ललिपप र एक बोतल रक्सीको भरमा बाँचिन्।

भिक्टोरिया प्रान्तमा लिलियन आईपी आइतबार छोटो यात्राका लागि घना जंगलमा निस्केकी थिइन्। तर उनले गलत मोड लिँदा जंगलमा हराइन्। त्यसपछि उनको कार पनि माटोमा फस्यो। 

लिलियन रक्सी पिउँदिनन्, तर उनले आफ्नो कारमा एक बोतल वाइन राखेकी थिइन्, कसैलाई उपहार दिन। 

पाँच रातसम्म जंगलमै फसेकी उनलाई शुक्रबार आपतकालीन सेवाले फेला पारेको हो।

लिलियनले ९ न्युज अस्ट्रेलियासँग भनिन्, ‘मेरो दिमागमा सबैभन्दा ती चिज आए, जुन पानी र चुरोट थिए। म मर्छुजस्तो लाग्यो। शुक्रबार मेरो पूरै शरीर ठप्प भएको थियो।’

जब उनले बाँच्ने आशा मारिन्, तब आफ्नो परिवारलाई एउटा चिठी लेखिन्। जसमा उनले उनीहरूलाई एकदमै माया गर्ने उल्लेख गरिन्। 

भिक्टोरिया प्रहरीले लिलियनलाई भेटिएको ठाउँबाट नजिकैको सहर ६० किलोमिटर टाढा रहेको र स्वास्थ्यका कारण हिँड्न नसक्ने भएकाले उनी आफ्नो कारमा बसेको बताएको छ।

वोडोंगा पुलिस स्टेसनका सर्जेन्ट मार्टिन टोर्पेले भने, ‘लिलियनसँग तरल पदार्थका रूपमा पिउनका लागि वाइन (रक्सी) मात्र थियो, जुन उनले आफ्नी आमाका लागि किनेकी थिइन्।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .