सोमाली सरकारको समर्थनमा संयुक्त राज्य अफ्रिका कमाण्ड (अफ्रिकम) ले गरेको हवाई आक्रमणमा अल-शबाबका तीन लडाकु मारिएका छन्।
सोमाली सरकारको अनुरोधमा बिहीबार गरिएको कारबाहीमा उनीहरू मारिएको शुक्रबार अमेरिकी सेनाले जनाएको छ।
दक्षिणी बन्दरगाह शहर किसमायोबाट ६० किलोमिटर दक्षिणपश्चिममा रहेको वायन्ता क्षेत्रमा उनीहरूमाथि फायरिङ गरिएको हो।
'सैन्य कार्यहरू सोमालियाको संघीय सरकारको सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्ने प्रयासहरूको एउटा भाग मात्र हो,' अफ्रिकोमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सोमाली राष्ट्रपति हसन शेख मोहम्मदले गत वर्ष विद्रोहीविरुद्ध युद्धको घोषणा गरेका थिए। त्यसयता अल-शबाबविरुद्ध तीव्र आक्रमण जारी रहेको बेला यो पछिल्लो हवाई आक्रमण हो।
एक वर्षको अवधिमा भएको कारबाहीमा हालसम्म अल-शबाबका १३७ भन्दा बढी लडाकु मारिएका छन्।
24
Shares
प्रतिक्रिया