कुनै समय चीनका नेताहरु जन्माउने संगठनको रुपमा परिचित कम्युनिस्ट युथ लिग प्रमुखमा नयाँ नेता चयन भएका छन्। उनी ५२ वर्षका छन्।
ए दोङ लिगको सचिवालयका प्रमुख सचिव नियुक्त भएका हुन्। यससँगै उनी अहिले मुलुकको मन्त्रीस्तरीय पद सम्हाल्ने सबैभन्दा कान्छो नेता बनेका छन्।
उनी उत्तरपूर्वी प्रान्त चिलिनका पूर्व उपगभर्नर हुन्।
उनले हे चुन्केलाई प्रतिस्थापित गरे। लिगमा १४ देखि २८ वर्षबीचका करिब सवा ७ करोड सदस्य छन्।
यही वर्ष लिगको राष्ट्रिय सम्मेलन हुँदैछ। जुन पाँचपाँच वर्षमा हुने गर्छ। यसलाई कम्युनिस्ट पार्टीको रिजर्भ फोर्स पनि भन्ने गरिन्छ।
कुनै समय शक्तिको ठूलो आधार मानिन्थ्यो यो संगठन। पूर्व राष्ट्रपति हु चिन्ताओ र पूर्वप्रधानमन्त्री खछ्याङ यही संगठनबाट माथि उठेका थिए।
तर, राष्ट्रपति सी चिनफिङले सो संगठनको नेतृत्व अभिजातवर्गीय र तल्लो तहसँग सम्पर्क टुटाएको आरोप लगाएपछि लिगको शक्ति कमजोर बनेको थियो।
‘लिग अब सर्वोच्च शक्तिमा पुग्ने भ¥याङ रहेन। तैपनि प्रमुखको पद अझै महत्वपूर्ण मानिन्छ,’ सांघाईका प्राध्यापक चेन ताओयिनले भने। एससीएमपी
Shares
प्रतिक्रिया