सन् २०२४ मा अमेरिकामा हुने राष्ट्रपति निर्वाचनको तयारी गरिरहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ७ वटा फौजदारी मुद्दा दर्ता भएका छन्।
ह्वाइट हाउस छाड्ने बेला गोप्य कागजातहरू चुहावट गरेकोसहित उनीविरुद्ध ७ वटा आरोप लागेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्। तर उनीविरुद्ध लागेका आरोप के हुन् भन्ने चाहिँ खुलेको छैन।
आफ्नो निजी सामाजिक सञ्जाल ट्रुथमार्फत स्वयं उनले यसबारे जानकारी गराएका हुन्। उनले आफूलाई मियामी संघीय अदालतमा उपस्थित हुन भनिएको जानकारी दिँदै यो अकल्पनीय भएको बताएका छन्।
राष्ट्रपतिबाट अवकाश भएपछि उनीमाथि लागेको यो दोस्रो संघीय अपराध हो। चार महिनाअघि उनलाई एक वयस्क पोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई अभियोग लुकाउन पैसा दिएको सहित ३४ वटा अभियोग लागेको थियो।
अप्रिल ४ मा अदालतभित्र प्रहरी ५७ मिनेट प्रहरी हिरासतमा रही उनले ती अभियोगबारे आफ्नो बयान दिएका थिए।
ई. जीन क्यारोल नामकी एक पत्रकारले सन् १९९० मा ट्रम्पले आफूलाई दुर्व्यवहार गरेको र उल्टै मानहानी गरेको भन्दै दिएको अर्को उजुरीमा मे १० मा उनी दोषी ठहर भएका थिए। अदालतले उक्त आरोपमा ट्रम्पलाई दोषी ठहर गर्दै क्यारोललाई ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको छ।
मानहानी गरेबापत ३० लाख र यौन दुर्व्यवहार गरेबापत २० लाख गरी ट्रम्पले कुल ५० लाख अमेरिकी डलर तिरेका थिए। तर बलात्कारको आरोपमा भने उनले सफाइ पाएका थिए। स्टोर्मी ड्यान्यल्सको मुद्दा भने अदालतमा विचाराधीन छ।
फेरि राष्ट्रपति निर्वाचनमा लड्ने तयारी गरिरहेका उनी नयाँ आरोपमा दोषी ठहर भएमा उम्मेदवारी दिएमा उम्मेदवारी खारेज हुन सक्नेछ।
ट्रम्पले मियामी अदालतमा परेका ७ वटा मुद्दामा आफू निर्दोष भएको दावी गरेका छन्। उनी मंगलबार अदालतमा उपस्थित हुने उनका वकिलले जानकारी दिएका छन्।
Shares
प्रतिक्रिया