ad ad

ग्लोबल


अमेरिकाले ‘भयानक परिणाम’ बेहोर्नुपर्ने किमकी बहिनीको चेतावनी

अमेरिकाले ‘भयानक परिणाम’ बेहोर्नुपर्ने किमकी बहिनीको चेतावनी

नेपालखबर
असार २६, २०८० मंगलबार १७:४२,

उत्तर कोरियाली शासक किम जोङ उनकी बहिनीले जासुसी विमान पठाइरहे अमेरिकालाई भयानक परिणामको चेतावनी दिएकी छन्।

अमेरिकी जासुसी विमान आफ्नो क्षेत्रमा आएको भन्दै उनले यस्तो चेतावनी दिएकी हुन्।

उनले सोमबार अमेरिकी जासुसी विमान आफ्नो एक्स्क्लुसिभ इकोनोमिक जोनमा आठ पटक प्रवेश गरेको बताइन्। त्यसलाई लखेट्न लडाकु विमान पठाउनुपरेको उनको भनाइ थियो।

‘अमेरिकी विमानले खुरुखुरु घुसपैठ गर्ने २०–४० किमि क्षेत्रमा भयानक घटना हुन सक्छ,’ उनले भनिन्।

सोमबार नै उत्तर कोरियाली रक्षा मन्त्रालयले अमेरिकी विमानले बारम्बार घुसपैठ गरेको भन्दै त्यसलाई खसाइदिने चेतावनी दिएको थियो।

तर, अमेरिका र दक्षिण कोरियाले भने त्यसरी विमान नपठाइएको बताएका छन्।

पेन्टागनकी प्रेस सचिव सब्रिना सिंहले त्यो आरोप मात्र भएको बताइन्।

किनारबाट २०० सय नटिकल माइलसम्मको क्षेत्रलाई एक्स्क्लुसिभ इकोनोमिक जोन भन्ने गरिन्छ। जहाँको प्राकृतिक सम्पदामा सो मुलुकको हक लाग्छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .