ad ad

ग्लोबल


युक्रेनलाई रुसले ‘ब्ल्याक सी’बाट खाद्यान्न निर्यात गर्न रोक्यो

युक्रेनलाई रुसले ‘ब्ल्याक सी’बाट खाद्यान्न निर्यात गर्न रोक्यो

नेपालखबर
साउन २, २०८० मंगलबार ९:१, काठमाडौँ

रुसले युक्रेनलाई 'ब्ल्याक सी'बाट सामान निर्यात गर्न रोकेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार सम्झौताबाट पछि हट्ने निर्णय गरेका हुन्। युक्रेनले ब्ल्याक सीबाट सुरक्षित रूपमा अन्न निर्यात गर्दै आएको थियो, तर सम्झौताबाट पछि हट्दै रुसले निर्यात गर्न नदिने निर्णय गरेको हो।

रुसले सोमबार संयुक्त राष्ट्रसंघ, टर्की र युक्रेनलाई यो सम्झौताको पछि नलाग्ने बताएको छ।  पश्चिमी देशहरूले आफ्नो जिम्मेवारी पूरा नगरेको आरोप रुसको छ।

रुसको यो निर्णयले विश्वलाई नै असर पार्न सक्छ। विश्वका नेताहरूले रुसको निर्णयले विश्वका गरिब देशहरूमा असर पर्ने भन्दै आलोचना गरेका छन्। 

यो सम्झौता इस्तानबुलको समय अनुसार मंगलबार राती १२ बजे समाप्त हुनेछ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लामो समयदेखि रुसलाई खाद्यान्न र मल निर्यात गर्न दिने सम्झौताका अंशहरू पालना नगरिएको बताएका छन्। उनले सम्झौताको सर्त गरिब देशलाई खाद्यान्न उपलब्ध गराउने भए पनि त्यसो हुन नसकेको आरोप लगाएका छन्। यदि शर्त पालना भएमा सम्झौता पुन: हुनसक्ने पनि उनले बताएका छन्।

रुसले पश्चिमा प्रतिबन्धका कारण आफ्नो कृषि उत्पादन निर्यात गर्न नसकिएको गुनासो गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .