ad ad

ग्लोबल


थाइल्यान्ड : सुधारवादी नेता पिताको प्रधानमन्त्री बन्ने बाटो छेकियो, सांसदबाट पनि निलम्बित

थाइल्यान्ड : सुधारवादी नेता पिताको प्रधानमन्त्री बन्ने बाटो छेकियो, सांसदबाट पनि निलम्बित

नेपालखबर
साउन ३, २०८० बुधबार १८:४९,

गत मे महिनामा भएको आम चुनाव जितेका सुधारवादी नेता पिता लिम्जारोएनरातको प्रधानमन्त्री बन्ने बाटो बन्द भएको छ। 

४२ वर्षीय पिताले राजतन्त्रसम्बन्धी कानुनमा सुधार गर्ने वाचासहित चुनाव जितेका थिए। मतदाताले सैनिक शासनलाई अस्वीकार गर्दै उनलाई सबैभन्दा बढी मत दिएका थिए। त्यसपछि उनी प्रधानमन्त्रीका लागि सबैभन्दा बलिया दाबेदार बनेका थिए।

तर, पहिले थाइल्यान्डको संवैधानिक अदालतले नाटकीय रुपमा उनलाई निलम्बन गर्‍यो। उनी बहस चलिरहेको सदनबाट बाहिरिन बाध्य भए।

त्यसपछि उनलाई प्रधानमन्त्री बनाउने कि नबनाउने भन्ने विषयमा दोस्रो चोटि हुन लागेको मतदानलाई पनि रोक्ने निर्णय सांसदहरुले गरेका छन्।

यसअघिको मतदातमा उनले आवश्यक बहुमत जुटाउन सकेका थिएनन्। संसदको दुवै सदनका ७४९ मध्ये प्रधानमन्त्री बन्न उनले आधाभन्दा बढी मत प्राप्त गर्नुपर्ने थियो।

तर, गतसाताको मतदानमा उनले ३२४ मत मात्र प्राप्त गरे। उनले ५१ मत कम हुन भयो। निर्वाचित तल्लो सदनमा उनको स्पष्ट बहुमत थियो। तर, बिनानिर्वाचन सेनाका जर्नेलहरुले नियुक्त गरेका माथिल्लो सदनका सदस्यहरुले उनको बाटो छेके।

अहिले सञ्चालनमा नरहेको एक मिडिया कम्पनीमा सेयर रहेको भन्दै उनलाई संवैधानिक अदालतले निलम्बन गरेको थियो। अब सो अदालतले उनी सांसदका लागि योग्य छन् या छैनन् भनेर फैसला गर्नुपर्ने छ।

यसबाट उनका समर्थकहरु आश्चर्यमा परेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .