ad ad

समाज


बिलविजकमा उल्लेख भए भन्दा बढी सामान भएको गाडी नियन्त्रणमा

बिलविजकमा उल्लेख भए भन्दा बढी सामान भएको गाडी नियन्त्रणमा

फाइल फोटो


नेपालखबर
साउन ३, २०८० बुधबार १९:१७, काठमाडौँ

सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ स्थित शिवधारा इलाकाबाट सशस्त्र प्रहरीले करीब १२ लाख २२ हजार ३१३ रुपैयाँ बराबरको मोटर पार्टस् सहित एउटा सुमो गाडी नियन्त्रणमा लिएको छ।

धरानबाट धनकुटातर्फ जाँदै गरेको ना १ ज ६२९२ नम्बरको सुमो गाडीमा सुरक्षा बेश धरानबाट खटिएको टोलीले जाँच गर्दा भीसीटीएस बिल नभएको र बिलबिजकमा उल्लेखित मूल्य भन्दा बढी सामान भएको हुँदा नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएको गाडी र सामान आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको सशस्त्रले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .