ad ad

ग्लोबल


कुकुरको निहुँमा दुई मालिकबीच झगडा हुँदा गोली प्रहार, २ जनाको मृत्यु (भिडिओ)

कुकुरको निहुँमा दुई मालिकबीच झगडा हुँदा गोली प्रहार, २ जनाको मृत्यु (भिडिओ)

नेपालखबर
भदौ १, २०८० शुक्रबार १४:२०, काठमाडौँ

भारतको मध्य प्रदेशस्थित इन्दौरमा घरपालुवा कुकुरका विषयमा झगडा हुँदा एकजना कुकुर मालिकले गोली हानेर २ जनाको हत्या गरेका छन्। गोली लागेर अन्य ६ जना घाइते भएका छन्। 

झडपका क्रममा कुकुर मालिकले कैयौँ राउन्ड फायर गरेका हुन्। 

समाचार एजेन्सी पीटीआईले सार्वजनिक गरेको भिडिओमा एक व्यक्तिले आफ्नो राइफलबाट फायर गरिरहेको देखिन्छ। उक्त भिडिओ स्थानीय व्यक्तिले रेकर्ड गरेका हुन्। 

समाचार एजेन्सी एएनआईले इन्दौरका अतिरिक्त डीसीपी अमरेन्द्र सिंहसँग कुरा गरेको छ। उक्त कुराकानीमा उनले गोली चलाउने व्यक्ति बैंकमा सेक्युरिटी गार्डका रुपमा काम गर्ने र उनको नाम राजपाल राजावत रहेको बताइएको छ। 

डीसीपी अमरेन्द्र सिंहले भने, ‘एक व्यक्ति आफ्नो कुकुरलाई डुलाइरहेका थिए, त्यस क्रममा उनको कुकुरले छिमेकीको कुकुरसँग झगडा गर्‍यो। जसका कारण घरधनीहरूबीच झडप भयो। यो देखेर त्यहाँ केही मानिस जम्मा भए।’

उनका अनुसार ‘त्यसपछि सेक्युरिटी गार्ड रहेका कुकुरको मालिक राजपाल अचानक घरमा गएर बन्दुक लिएर पहिला हावाई फायरिङ गरे। पछि जमिनतिर पनि गोली चलाए। घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। गोली चलाउने व्यक्ति राजपाल पक्राउ परेका छन्। बन्दुक समेत बरामद गरिएको छ। थप अनुसन्धान जारी छ।

उनीहरूबीच यसअघि कहिल्यै विवाद नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .