ad ad

ग्लोबल


हिजबुल्लाहले भन्यो- हामी इजरायलको ‘ग्राउन्ड अट्याक’विरुद्ध लड्न तयार छौँ

हिजबुल्लाहले भन्यो- हामी इजरायलको ‘ग्राउन्ड अट्याक’विरुद्ध लड्न तयार छौँ

हिजबुल्लाहका उपप्रमुख शेख नइम कासिम


नेपालखबर
असोज १४, २०८१ सोमबार २०:२, काठमाडौँ

हिजबुल्लाहका उपप्रमुख शेख नइम कासिमले समूहको प्रमुख छिट्टै चयन गरिने बताएका छन्।

हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह शुक्रबार इजरायली आक्रमणमा मारिएपछि उनको स्थानमा अर्को नेता चयन गर्न लागिएको हो। 

हिजबुल्लाह उपप्रमुख कासिमले भने-  हामी इजरायलको जमिन आक्रमण (ग्राउन्ड अट्याक) को सामना गर्न तयार छौँ र समूहले इजरायलविरुद्धको लडाइँ जारी राख्नेछ।

समाचार एजेन्सी रोयटर्सका अनुसार उपप्रमुख कासिमले हिजबुल्लाहले आफ्नो अभियान जारी राखेको बताएका छन्।

उनले भने- यो युद्ध लामो समयसम्म चल्न सक्छ।

आफ्नो सम्बोधनको अन्त्यमा उनले जनतालाई संयमता अपनाउन आग्रह गरे। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .