थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वदेश फर्कनासाथ विमानस्थलबाटै जेल चलान भएका छन्। उनी निर्वासनको १५ वर्षपछि स्वदेश फर्किएका हुन्।
मंगलबार उनी आफ्नो परिवारको साथमा एक निजी विमानमार्फत बैंकको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका थिए।
थाइल्यान्डका उपप्रधानमन्त्री विसानु क्रे नगामले यसअघि नै थाक्सिनलाई कानुनी प्रक्रियाअघि बढाएर स्वदेश फर्किनासाथ जेल पठाइने बताएका थिए।
सो कानुनी प्रक्रियाअनुसार उनलाई विमानस्थलबाटै पक्राउ गरी जेल पठाइएको हो।
थाक्सिन सन् २००१ देखि २००६ सम्म थाइल्याण्डको प्रधानमन्त्री बनेका थिए। तर उहाँ २००८ देखि भने विदेशमा बस्दै आएका थिए।
थाइल्यान्डको अदालतले उनलाई ८ वर्षको जेल सजाय तोकेको थियो। सिनावात्राले भने अदालतको फैसला राजनीति प्रेरित भएको बताउँदै आएका छन्।
27
Shares
प्रतिक्रिया