बीबीसी मोनिटरिङ रसियाका सम्पादक भिटाली शेभचेन्कोले एभगेनी प्रिगोजिन सवार विमान दुर्घटनाबारे विभिन्न अड्कलबाजी भइरहेको बताएका छन्।
उनले भने, ‘मलाई धेरै प्रत्यक्षदर्शीहरूले भिडिओ क्लिपहरू देखाएका छन्, जसले दुर्घटनाका बेला विस्फोटको आवाज सुनेको बताएका छन्। उनीहरूका अनुसार विमानलाई आकाशबाट खसालिएको थियो।’
‘यद्यपि यी अनुमान हुन्, जसका बारेमा कुनै ठोस जानकारी छैन।’
बुधबार वाग्नर सेनाको विमान मस्कोको उत्तर–पश्चिममा दुर्घटना हुँदा वाग्नरका सेना प्रमुख एभगेनी प्रिगोजिनको मृत्यु भएको रुसले जनाएको छ।
उनीसँगै विमानमा सवार अन्य ९ जनाको पनि निधन भएको छ। सबै शव बरामद गरी पहिचान भइसकेको छ।
यस वर्ष जुनमा प्रिगोजिनको नेतृत्वमा वाग्नरको सेनाले रुसमा असफल विद्रोह गरेको थियो।
663
Shares
प्रतिक्रिया