जापान सरकारले बिहीवारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्न थालेसँगै आन्दोलन थप चर्किएको छ।
जापानको उक्त निर्णय गरेसँगै प्रशान्त महासागर आसपासका क्षेत्र र देशहरुले विरोध जनाएका हुन्।
सरकारको निर्णयको विरोधमा स्थानीय र मत्स्य व्यवसायीहरुले समेत प्रदर्शन गरिरहेका छन्।
जापानले बिहीवार दिउँसो १ बजेबाट दूषित पानी प्रशान्त महासागरमा फाल्न सुरु गरेको हो।
टेप्कोका अनुसार पहिलो चरणमा १७ दिन भित्रमा ७ हजार ८ सय टन दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणको दूषित पानी फाल्ने जनाएको छ।
दूषित पानीमा ६० भन्दा बढी रेडियोन्युक्लाइड छन्, जसले समुन्द्री वातावरण र मानव स्वास्थ्यको लागि असर गर्छ।
जापानको यो कदमसँगै छिमेकी देशहरु चीन, दक्षिण कोरिया र प्रशान्त टापुका देशहरु आक्रोशित बनेका छन्।
45
Shares
प्रतिक्रिया