अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनताका जर्जिया चुनावमा भएको हस्तक्षेप आरोपबारे बिहीबार आत्मसमर्पण गरेका छन्।
आफू रहेको गल्फ क्लव न्यु जर्सीबाट एटलान्टा पुगेर उनले बिहीवार साँझ आत्मसमर्पण गरेका हुन्। आत्मसमर्पण गरेको २० मिनेटमा धरौटीमा छुटेका थिए।
उनलाई पनि अन्य राज्यद्रोहको अभियोग लगाइएकाहरुलाई झैँ ट्रम्पको फिंगरप्रिन्ट फोटो लिइएको थियो। घर फर्किने क्रममा उनले आफूले केही पनि गल्ती नगरेको बताएका थिए।
उनले २०२४ हुने राष्ट्रपति चुनावका लागि विपक्षीले आफ्नो चुनावी हस्तक्षेप गरेको आरोप लगाए।
ट्रम्प र अन्य १८ जनालाई अगस्ट २४ मा जर्जियामा सन् २०२० को राष्ट्रपति निर्वाचनमा धाँदली गरेको आरोपमा अभियोग लगाइएको थियो।
69
Shares
प्रतिक्रिया