रुसका राष्ट्रपति भ्लादिमिर पुटिन जी–२० सम्मेलनमा सहभागी हुन भारत नआउने भएका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार यसबारे जानकारी दिएका हुन्।
जी–२० सम्मेलनमा पुटिनको सहभागिताबारे प्रश्नमा पेस्कोभले भने, ‘होइन, राष्ट्रपतिको त्यस्तो कुनै योजना छैन।’
सेप्टेम्बर ९–१० मा जी–२० देशहरूको बैठक दिल्लीमा हुँदै छ।
यसअघि पुटिन ब्रिक्स सम्मेलनमा सहभागी हुन दक्षिण अफ्रिका गएका थिएनन्।
उनी अनलाइन सम्मेलनमा सहभागी भएका थिए।
90
Shares
प्रतिक्रिया