अगस्ट ३० देखि चीन भ्रमणमा जाने पर्यटकहरुका लागि न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण गर्नु नपर्ने भएको छ।
सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अगस्ट ३० बाट चिन जाने कोही पनि व्यक्तिले एन्टिजेन परीक्षण गर्नैपर्ने बाध्यता हटाउने बताए।
सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरस (कोभिड १९) संक्रमण देखा परेको थियो।
चीनपछि विस्तारै विश्वभर नै कोरोना भाइरसको संक्रमण फैलिँदा लाखौँ मानिसहरुको निधन भएको थियो। अर्बौं मानिसहरु संक्रमित भएका थिए।
सन् २०१९ देखि हालसम्म पनि कोरोना भाइरस अधिकांश मुलुकहरुमा अहिले पनि देखा पर्दै आइरहेको छ।
सोमबर पत्रकार सम्मेलनमा उनले अगस्ट ३०, २०१९ बाट भने चीन भित्रिने पर्यटकका लागि कोभिड १९ को परीक्षण अनिवार्य नरहेको बताए।
21
Shares
प्रतिक्रिया