भारतस्थित गुजरातको सुरत सहरमा प्रहरीले मंगलबार आफूलाई इसरो वैज्ञानिक भएको दाबी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार मितुल त्रिवेदी नामका व्यक्तिले आफूलाई इसरो वैज्ञानिक बताउँदै मिडियालाई अन्तर्वार्ता दिइरहेका थिए।
#WATCH | Gujarat | On 29th August, the Surat Crime Branch of Police nabbed a man, identified as Mitul Trivedi, who made false claims of being a scientist at the ISRO and also made forged documents for the same. Police say that he has confessed to the crime. pic.twitter.com/zf5IkvVej8
— ANI (@ANI) August 30, 2023
प्रहरी अधिकारीका अनुसार अगस्ट २३ मा चन्द्रयान–३ ले चन्द्रमामा सफ्ट ल्यान्डिङ गरेपछि मितुलले मिडियालाई अन्तर्वार्ता दिन थालेका थिए।
यी अन्तरवार्तापछि उनीविरुद्ध उजुरी परेको थियो।
मितुलले आफूलाई इसरोको सहायक अध्यक्ष भन्थे। यससँग सम्बन्धित नक्कली नियुक्ति पत्र पनि मितुलले जनतालाई देखाएका थिए।
प्रहरीले आफ्नो विज्ञप्तिमा भनेको छ– अनुसन्धानबाट यो व्यक्तिको चन्द्रयान–३ वा इसरोसँग कुनै सम्बन्ध नभएको र गरिएको दाबी झुटो भएको खुलासा भएको छ।
प्रहरीका अनुसार मितुलले मानिसहरूलाई इसरोसँग सम्बन्धित नक्कली सन्देश पठाउने गर्दथे।
Shares
प्रतिक्रिया