ad ad

ग्लोबल


मणिपुरमा यति ठूलो हिंसा यसअघि कहिले देखेका थिएनौँ– असम राइफल्स (भिडिओ)

मणिपुरमा यति ठूलो हिंसा यसअघि कहिले देखेका थिएनौँ– असम राइफल्स (भिडिओ)

नेपालखबर
भदौ १५, २०८० शुक्रबार १३:१७, काठमाडौँ

भारतको मणिपुरमा मेइती र कुकी समुदायबीच मे महिनादेखि हिंसा जारी छ।

मंगलबार मात्र चुराचन्दपुर र विष्णुपुर क्षेत्रबीच गोली हानाहानमा ६ जनाको मृत्यु भएको छ।

असम राइफल्स मणिपुरमा तैनाथ छ। असम राइफल्स र मणिपुर प्रहरीबीच झडप भइरहेको खबर सार्वजनिक भएको छ। यी दुईबीचको सम्बन्धमा कैयौँपटक सम्बन्धमा दरार आएको खबर बाहिरिएका छन्। 

असम राइफल्सका महानिर्देशक पीसी नायरले राज्यको अवस्था कस्तो छ भन्ने विषयमा जवाफ दिएका छन्।

उनले भनेका छन्, ‘मणिपुरमा हामीले सामना गरिरहेको अवस्था अभूतपूर्व छ। यस्तो अवस्था हामीले कहिल्यै सामना गरेका छैनौँ। ९० को दशकको प्रारम्भमा नागा र कुकीहरूबीच झगडा हुँदा पनि त्यस्तै भएको थियो र त्यसपछि ९० को दशकको अन्त्यतिर पनि कुकी समूहहरूबीच पनि झगडा भएको थियो तर यो हदसम्मको हिंसा हामीले पहिलोपटक देखिरहेका छौँ।’

‘आजको सबैभन्दा ठूलो चुनौती भनेको दुवै समुदायसँग ठूलो संख्यामा रहेका हतियार, हतियार लुटिएको छ, ती फिर्ता नहुन्जेल हिंसाको खतरा रहिरहन्छ। आजको दिनमा दुवै समुदायमा एकअर्काविरुद्ध धेरै घृणा छ र यसलाई रोक्न आवश्यक छ। मानिसहरूबीच शान्ति स्थापना गर्नु र घृणा हटाउनु आजको सबैभन्दा महत्त्वपूर्ण काम हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .