जापानले दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित जल समुद्रमा फ्याँकेपछि दक्षिण कोरियाली नागरिकले विरोध जारी राखेका छन्।
उनीहरुले शनिबार सडकमा भेला भएर नारा जुलुस गर्दै जापानको विरोध गरेका हुन्।
विकिरणबाट उत्पन्न पानी समुन्द्रमा फाल्न बन्द गर, सबैले जलबाट उत्पादन हुने सामानमा प्रतिबन्ध लगाऊ लगायत नारासहित उनीहरुले आन्दोलन गरेका थिए।
कोरिया सरकारलाई जापान सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गर्न पनि उनीहरुले आग्रह गरेका छन्।
१ हजार युवाहरुले समुद्रनिकट क्षेत्रमा गरेको सर्वेक्षणमा ७२.४ प्रतिशत नागरिकले जापान सरकारको विरोध जनाएको बताइएको छ।
त्यस्तै ७८.३ प्रतिशत जनताले जापानबाट आयात हुने जलबाट उत्पन्न सामग्रीमा प्रतिबन्ध लगाउन र ६७.४ प्रतिशत दक्षिण कोरियाली नागरिकले उत्पादन बहिष्कार गर्न आग्रह गरेका छन्।
डेढ घटाको र्यालीमा प्रदर्शनकारीहरुले राजधानी सियोलमा राष्ट्रपति कार्यालयसम्म करिव ५ किलोमिटरको यात्रा गरेका थिए।
पानी फाल्न सुरु गरेसँगै जापानकै समुद्रमा माछा मार्नेहरु, स्थानीयबासी र छिमेकी देशहरुले विरोध जनाएका छन्।
Shares
प्रतिक्रिया