ad ad

ग्लोबल


बाइडेन जी-२० सम्मेलनका लागि भारत प्रस्थान गर्नुअघि पत्नीलाई कोरोना संक्रमण

बाइडेन जी-२० सम्मेलनका लागि भारत प्रस्थान गर्नुअघि पत्नीलाई कोरोना संक्रमण

बाइडेन दम्पती


नेपालखबर
भदौ १९, २०८० मंगलबार ९:३०, काठमाडौँ

अमेरिकाका राष्ट्रपति जो बाइडेन जी-२० राष्ट्रको शिखर सम्मेलनमा भाग लिन भारत प्रस्थान गर्नुभन्दा दुई दिनअघि पत्नी जिल बाइडेनलाई कोरोना संक्रमण भएको छ।

तर राष्ट्रपति बाइडेनको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको बीबीसीले जनाएको छ। 

अमेरिकाकी प्रथम महिलाका लागि सञ्चार निर्देशक एलिजाबेथ अलेक्जेन्डरले विज्ञप्ति जारी गरेकी छन्।

जिल बाइडेनमा हाल कोरोनाका हल्का लक्षणहरू रहेको जानकारी दिइएको छ। उनी डेलावेयरको घरमै बस्नेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .