ad ad

ग्लोबल


हिजबुल्लाह नेता हसन नसरल्लाह मारिएको इजरायलको दाबी

हिजबुल्लाह नेता हसन नसरल्लाह मारिएको इजरायलको दाबी

हिजबुल्लाह नेता हसन नसरल्लाह


नेपालखबर
असोज १२, २०८१ शनिबार १४:५१, काठमाडौँ

इजरायली रक्षा बल (आईडीएफ) ले हिजबुल्लाह नेता हसन नसरल्लाह मारिएको दाबी गरेको छ।

आईडीएफले सोसल मिडिया वेबसाइट एक्समा लेखेको छ, ‘हसन नसरल्लाहले अब संसारलाई आतंकित गर्न सक्ने छैनन्।’  

इजरायलको विदेश मन्त्रालयले पनि हसन नसरल्लाहको मृत्यु भएको जनाएको छ।

इजरायली विदेश मन्त्रालयले एक्समा लेखेको छ, ‘इजरायलको रक्षा बलले हिजो हिजबुल्लाह नेता हसन नसरल्लाह र हिजबुल्लाहका संस्थापक सदस्यको हत्या भएको पुष्टि गरेको छ। हिजबुल्लाहका दक्षिणी मोर्चाका कमान्डर अली कर्की र अन्य कमान्डर पनि मारिएका छन्। अब नसरल्लाहले संसारलाई आतंकित गर्न सक्ने छैनन्।’

हसन नसरल्लाह शिया धार्मिक नेता हुन्, जसले लेबनानमा हिजबुल्लाह समूहको नेतृत्व गर्थे। 

इजरायलबाट मारिने डरले नसरल्लाह धेरै वर्षदेखि सार्वजनिक जीवनमा देखिएका थिएनन्।

हसन नसरल्लाहको इरानसँग घनिष्ठ सम्बन्ध छ। नसरल्लाहले हिजबुल्लाहलाई राजनीतिक र सैन्य शक्ति बनाउन निकै महत्त्वपूर्ण भूमिका खेलेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .