ad ad

ग्लोबल


जी२० मा मोदीको अगाडि ‘इन्डिया’को सट्टा ‘भारत’, किन बदल्न लागे देशको नाम?

जी२० मा मोदीको अगाडि ‘इन्डिया’को सट्टा ‘भारत’, किन बदल्न लागे देशको नाम?

नेपालखबर
भदौ २३, २०८० शनिबार १६:२७,

शनिबार जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी२० शिखर सम्मेलनको उद्घाटन गरे, तब उनको अगाडि देशको नाम लेखिएको प्लाकार्ड थियो। 

तर, त्यो प्लाकार्डमा सदाझैँ अंग्रेजीमा ‘इन्डिया’ लेखिएको थिएन। यो मुलुकलाई अंग्रेजी दुनियाँमा इन्डिया भनेरै चिनिन्छ। तर, मोदीका अघिल्तिर यो मुलुकको संस्कृत तथा हिन्दी नाम ‘भारत’ लेखिएको थियो। 

मोदीको यो कदमले उनी मुलुकको नाम परिवर्तन गर्न खोजिरहेका छन् भन्ने अड्कललाई थप बढावा दिएको छ। 

‘प्रधानमन्त्री मोदीले भारत लेखिएको प्लाकार्ड प्रयोग गरे,’ टाइम्स अफ इन्डियाले समाचार शीर्षक लेख्यो।

‘के यो नयाँ सुरुवातको संकेत हो?’ एबीपी न्युजले सोध्यो।

१.४ अर्ब जनसंख्या भएको यो मुलुकलाई भारत र इन्डिया दुवै नामले चिनिन्छ। जसका २० भन्दा बढी औपचारिक भाषा छन्। पासपोर्टमा समेत दुवै नाम प्रयोग गरिन्छ।

तर, यसैसाता जी२० का नेताहरुलाई रात्रीभोजका लागि पठाइएको निमन्त्रणा पत्रमा इन्डियाको ठाउँमा भारत उल्लेख गरिएपछि यसबारे बहस सुरु भएको छ। 

जी२० सम्मेलनमा सहभागी भारतीय अधिकारीहरुले पनि ‘भारत अफिसियल’ लेखिएको ब्याज लगाएका छन्।

मोदीले आफूलाई उपनिवेशको विरासतबाट मुलुकलाई मुक्त गर्ने नायकका रुपमा प्रस्तुत गर्दै आएका छन्। जसका लागि उनले सहरदेखि सडकसम्मका नाम परिवर्तन गराएका छन्।

‘इन्डिया’ नाम सिन्धु नदीको अंग्रेजीकरण इन्डसबाट बनेको हो। पछि बेलायती साम्राज्यले पनि यही नाम प्रयोग ग¥यो।

‘इन्डिया शब्द बेलायतीहरुले हामीलाई दिएको गाली हो। जबकि भारत हाम्रो संस्कृतिको प्रतीक हो,’ भाजपा नेता हरनाथ सिंह यादवले भनेका छन्।

क्रिकेटर वीरेन्द्र सहवागले पनि खेलाडीहरुको जर्सीमा इन्डियाको सट्टा भारत प्रयोग गरिनुपर्ने बताएका छन्।

यसले विपक्षीहरुलाई भने सशंकित बनाएको छ। विपक्षी नेता शशी थरुरले संवैधानिक रुपमा भारतको प्रयोगमा कुनै बाधा नभए पनि शताब्दीयौँदेखि बनेको इन्डिया ब्रान्ड नत्याग्न आग्रह गरेका छन्।

अचानक मोदीले यो कदम किन चाले त?

जुलाईमा २६ विपक्षी दल मिलेर भाजपाविरुद्ध इन्डिया (इन्डियन नेसनल डेभलपमेन्टल इन्क्लुसिभ एलायन्स) गठन गरेका थिए। 

केही विपक्षी नेताहरु भने यो गठबन्धनलाई जवाफ दिन सरकारले यो चाल चलेको आरोप लगाउँछन्।

‘हाम्रो राष्ट्रिय पहिचान भाजापाको निजी सम्पत्ति होइन,’ आम आदमी पार्टीका नेता राघव चढ्ढा लेख्छन्।

विदेशमन्त्री एस जयशंकर भनेर इन्डिया भनेकै भारत भएको बताउँछन्।

‘संविधानमा त्यही लेखिएको छ। म सबैलाई पढ्न आग्रह गर्छु,’ उनी भन्छन्। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .