ad ad

ग्लोबल


जब अमेरिकी विदेश विभागकी प्रवक्ताले फरर्र हिन्दी बोलिन्...(भिडिओ)

जब अमेरिकी विदेश विभागकी प्रवक्ताले फरर्र हिन्दी बोलिन्...(भिडिओ)

अमेरिकी विदेश विभागकी प्रवक्ता मार्गरेट म्याक्लियोड


नेपालखबर
भदौ २४, २०८० आइतबार २१:५१, काठमाडौँ

भारतमा आयोजित जी–२० शिखर सम्मेलनका क्रममा अन्य ठूलठूला नेताभन्दा अमेरिकी विदेश विभागकी प्रवक्ता मार्गरेट म्याक्लियोड भारतीय सञ्चारमाध्यमको रोजाइमा परिन्।

कारण थियो– अमेरिकामा जन्मिए पनि उनले उर्दूमिश्रित धाराप्रवाह हिन्दी बोल्नु। 

यस्तो देखेपछि बीबीसी हिन्दीले उनीसँग सोध्यो– यति राम्रो हिन्दी बोल्न कसरी सिक्नुभयो? 

जवाफको सुरुमा मार्गरेट म्याक्लियोडले भनिन्, ‘अहिले पनि म सिक्दैछु।’

उनले अगाडि भनिन्, ‘जब म अर्थतन्त्र बुझ्न भारत आएकी थिएँ, मैले टिच योरसेल्फ क्यासेट सुन्न थालेँ। त्यसपछि मैले कडा मेहनतका साथ साथीहरूसँग कुरा गर्न थालेँ।’ 

म्याक्लियोडका अनुसार मसुरीमा एउटा धेरै पुरानो ऐतिहासिक ल्यान्डोर भाषा विद्यालय छ, जहाँबाट उनले ह्रिन्दीको व्याकरण सिकिन्। यस क्रममा आफूले  गुजराती र उर्दू भाषा पनि सिकेको उनले सुनाइन्। 

हाँस्दै उनले भनिन्, ‘गुजराती बोल्ने गर्थेँ तर अहिले निकै गडबडी भइरहेको छ।’ 

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .