ad ad

ग्लोबल


शीतयुद्धयताकै सबैभन्दा ठूलो युद्ध अभ्यास गर्दै नेटो

शीतयुद्धयताकै सबैभन्दा ठूलो युद्ध अभ्यास गर्दै नेटो

नेपालखबर
भदौ २५, २०८० सोमबार १५:१६,

आउँदो वर्ष नेटोले शीयतयुद्धयताकै सबैभन्दा ठूलो युद्ध अभ्यास गर्ने भएको छ। 

सो अभ्यासमा नेटो मुलुकका ४० हजारभन्दा ज्यादा सैनिक सहभागी हुनेछन्। जसमा कुनै एक नेटो मुलुकमाथि रुसले आक्रमणलाई असफल पार्ने अभ्यास हुनेछ।

यो अभ्यासलाई स्टिडफास्ट डिफेन्डर नाम दिइएको छ। आगामी वर्ष अभ्यास सुरु हुने बताइएको छ। 

अभ्यासमा ५ सयदेखि ७ सयसम्म लडाकु विमान, ५० भन्दा बढी युद्धपोत र ४१ हजार सैनिक सहभागी हुने नेटो अधिकारीहरुले जनाएका छन्। 

नेटोको सदस्य भइनसकेको स्विडेन र हंगेरीसहित अभ्यासमा ३२ मुलुक सहभागी हुनेछन्। 

यो सैन्य अभ्यास जर्मनी, पोल्यान्ड र बाल्टिक मुलुकहरुमा गरिने छ। जसले सो सैन्य गठबन्धनको नयाँ तालिम रणनीति समेत तयार गर्ने बताइएको छ।

नेटोको महासचिव यन्स स्टोल्टेनबर्गले गत वर्ष नेटोका तीन लाखभन्दा बढी सैनिकलाई तम्तयार राख्ने बताएका थिए।

खासगरी बाल्टिक मुलुकहरुले सैन्य तयारीलाई तीव्रता दिन नेटोलाई आग्रह गर्दै आएका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .