ad ad

ग्लोबल


चिनियाँ नौसेनाले सुरु गर्‍यो हालसम्मकै ठूलो सैन्य अभ्यास

चिनियाँ नौसेनाले सुरु गर्‍यो हालसम्मकै ठूलो सैन्य अभ्यास

नेपालखबर
भदौ २७, २०८० बुधबार १७:१,

चीनको नौसेनाले हालसम्मकै ठूलो सैन्य अभ्यास सुरु गरेको छ। प्रशान्त महासागरमा विमानवाहक जहाजसहित सो अभ्यास सुरु भएको हो।

चिनियाँ सेनाको दोस्रो विमानवाहक युद्धपोत सान्दोङ यसमा सामेल छ। यो जहाज अन्य २० वटाजति चिनियाँ युद्धपोतसहित सोमबार ताइवान, फिलिपिन्स र गुआमको बीचतिर पर्ने सो क्षेत्रतिर लागेको थियो।

‘चिनियाँ विमानवाहक जहाजसँगको अभ्यासमा अहिलेसम्मकै ठूलो संख्यामा अन्य युद्धपोत अभ्यास सहभागी भएका छन्,’ ताइवानी रक्षा मन्त्रालयनिकट एक थिंक ट्यांकका विश्लेषक सु जुयुन भन्छन्।

सो क्षेत्रमा अन्य मुलुकले गरेको सैन्य अभ्यासको जवाफ चीनले दिएको उनको भनाइ छ।

ताइवानी अधिकारीहरुले सो क्षेत्रमा जनमुक्ति सेनाका २० वटा युद्धपोत गिन्ती गरेका छन्। 

चिनियाँ सेनाको सेवामा दुई वटा विमानवाहक जहाज छन्ः लियाओनिङ र सान्दोङ। २०२१ यता पश्चिमी प्रशान्त महासागरमा यी युद्धपोतले अनेक पटक सैन्य अभ्यास गरिसकेका छन्।

तर, ती अभ्यासमा थोरै संख्यामा मात्र जहाजहरु सहभागी हुन्थे। 

‘यसपालि हामीले चार वटा विध्वंसक र अर्को सहयोगी जहाज पनि देख्यौँ। त्यो भनेको निकै ठूलो संख्या हो,’ सुले भने।

हालै चीनवरिपरि अमेरिकाको नेतृत्वमा चार वटा सैन्य अभ्यास भएका थिए। जसमा दुई दर्जन मुलुक सहभागी थिए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .