ad ad

ग्लोबल


हरियाणाका कांग्रेस विधायक मामन खान गिरफ्तार

हरियाणाका कांग्रेस विधायक मामन खान गिरफ्तार

हरियाणाका कांग्रेस विधायक मामन खान


नेपालखबर
भदौ २९, २०८० शुक्रबार ११:१८, काठमाडौँ

भारतको हरियाणा प्रहरीले नुह हिंसामा संलग्न आरोपमा भारतीय कांग्रेसका विधायक मामन खानलाई पक्राउ गरेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार हरियाणा प्रहरीले शुक्रबार उक्त पक्राउको जानकारी दिएको हो। 

हरियाणा सरकारले बिहीबार उच्च अदालतलाई कांग्रेस विधायक मामन खानलाई नुह हिंसाका सम्बन्धमा एफआईआरमा आरोपित बनाइएको जानकारी गराएको छ। 

यसपछि बिहीबार राति फिरोजपुर झिरकाका विधायक मामन खानलाई पक्राउ गरिएको हो। 

फिरोजपुर झिरकाका प्रहरी नायब उपरीक्षक तथा घटनाको अनुसन्धान गरिरहेको एसआईटीका प्रमुख सतीश कुमारले पक्राउ गरेको पुष्टि गरेका छन्।

विधायकलाई पक्राउ गरिएको हो भनेर सोध्दा उनले भने, ‘हो।’

बिहीबार, हरियाणा सरकारले अदालतलाई प्रहरीसँग ममन खानको फोन कल रेकर्ड र अन्य प्रमाण रहेको जानकारी दिएको छ। 
जुलाई ३१ मा हरियाणाको नुहमा विश्व हिन्दू परिषद्‌को जलाभिषेक यात्रामा हिंसा भड्कियो र हेर्दाहेर्दै साम्प्रदायिक हिंसा र आगजनी गुरुग्राम, सोहना र वरपरका क्षेत्रमा फैलियो। उक्त हिंसामा ६ जनाको मृत्यु भएको छ।

हालै हरियाणा सरकारले नरिस जुनैद हत्या प्रकरणमा मोनु मानेसरलाई पक्राउ गरेको थियो। बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .