ad ad

ग्लोबल


भारी वर्षाका बीच अवतरण गर्न खोज्दाखोज्दै खस्यो प्लेन, १४ जनाको मृत्यु

भारी वर्षाका बीच अवतरण गर्न खोज्दाखोज्दै खस्यो प्लेन, १४ जनाको मृत्यु

नेपालखबर
भदौ ३१, २०८० आइतबार ९:१९, काठमाडौँ

ब्राजिलको अमेजन जंगलको बीचमा रहेको बार्सिलोस सहरमा शनिबार विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

अमेजनसको मानुसबाट बार्सिलोसका लागि उडेको एउटा सानो प्रोपेलर विमान खराब मौसमका कारण दुर्घटनामा परेको हो।  

भारी वर्षाका कारण अवतरण गर्न खोज्दा विमान दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।

दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ। विमानलमा दुई चालक दलका सदस्य र १२ यात्रु थिए। यात्रुमा केही पर्यटक रहेको बीबीसीले जनाएको छ। 

समाचार एजेन्सी एएफपीका अनुसार अमेजनसका सुरक्षा अधिकारी भिनिसियस अल्मेडाले भने, ‘सानो विमानका पाइलटहरू भारी वर्षाको बीचमा सहरमा पुगेका थिए, जहाँ त्यसबेला पारदर्शिता निकै कम थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .