ad ad

ग्लोबल


जब सेनाका मेजरले आफ्नै सहकर्मीहरूविरुद्ध भटाभट गोली हाने...

जब सेनाका मेजरले आफ्नै सहकर्मीहरूविरुद्ध भटाभट गोली हाने...

नेपालखबर
असोज १९, २०८० शुक्रबार ११:२३, काठमाडौँ

बिहीबार जम्मु र कस्मिरको राजौरीमा रहेको सेनाको शिविरमा एक अधिकारीले गोली र ग्रेनेड प्रहार गर्दा अर्का सैनिक अधिकारी घाइते भएका छन्।

यसबारे जानकारी दिँदै सेनाले भनेको छ, ‘अक्टोबर ५ मा ग्रेनेड आक्रमणमा एक अधिकारी घाइते भएका छन्। उनको उपचार भइरहेको छ र अवस्था स्थिर छ।’

समाचार एजेन्सी पीटीआईले भनेको छ– मेजर पदका अधिकारीले सुटिङ अभ्यास सत्रमा आफ्ना सहकर्मीहरूविरुद्ध गोली चलाए र त्यसपछि आफ्नो सिनियरलाई ग्रेनेड प्रहार गरे।

यसो गरेर उनी सेनाको शस्त्रगारमा  लुके। उनलाई पक्राउ गर्न आठ घण्टा लागेको बीबीसी हिन्दीले जनाएको छ। 

घटना राजौरीको थानामण्डी नजिकै निली चौकीमा भएको हो।

घटनापछि सेनाले शिविर नजिकैको गाउँ खाली गर्‍यो। 

पीटीआईले घटनामा तीन सेनाका कर्मचारीसहित कूल ५ जना घाइते भएको दाबी गरेको छ, तर सेनाको आधिकारिक विज्ञप्तिमा एक अधिकारी मात्र घाइते भएको बताइएको छ।

यस विषयमा अनुसन्धान जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .