ad ad

ग्लोबल


नाकाबन्दीपछि गाजाको एक मात्र विद्युतगृह बन्द, मानवीय संकटको चेतावनी

नाकाबन्दीपछि गाजाको एक मात्र विद्युतगृह बन्द, मानवीय संकटको चेतावनी

नेपालखबर
असोज २४, २०८० बुधबार १८:३९,

इजरायलको पूर्ण नाकाबन्दीपछि इन्धन अभावका कारण गाजाको एक मात्र विद्युतगृह बन्द भएको छ। यससँगै गाजा विद्युतविहीन बन्न पुगेको छ।

शनिबार इजरायलमाथि हमासको आक्रमणपछि इजरायलले गाजामा नाकाबन्दी लगाएको थियो। बिजुली, इन्धन, खाना, पानी, औषधि सबथोक रोकेको थियो।

यसका कारण अस्पतालहरु समेत जेनेरेटरमा निर्भर हुन पुगेका छन्। त्यो पनि इन्धन रहुन्जेल मात्रै सञ्चालन गर्न सकिनेछ।

अधिकांश मानिसहरु फोन चार्ज गर्न नसक्ने र टीभीमा खबर पनि सुन्न नसक्ने अवस्थामा पुगेका छन्।

गाजाका अधिकारीहरुले नाकाबन्दीका कारण मानवीय संकट आइपरेको बताएका छन्।

पाँच दिनयता इजरायलले गाजामा लगातार हवाई आक्रमण गरिरहेको छ। चाँडै जमिनी आक्रमण सुरु हुने मन्त्रीहरुले बताएका छन्।

गाजाका एक हजारभन्दा बढी मानिस मारिएका छन्। 

हमासको आक्रमणबाट इजरायलका १२ सय मानिस मारिएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .