ad ad

ग्लोबल


इजरायललाई बाइडेनको आग्रह : क्रोधमा डुबेर सेप्टेम्बर ११ पछि अमेरिकाले गरेको गल्ती नदोहोर्‍याउनुस्

इजरायललाई बाइडेनको आग्रह : क्रोधमा डुबेर सेप्टेम्बर ११ पछि अमेरिकाले गरेको गल्ती नदोहोर्‍याउनुस्

नेपालखबर
कात्तिक २, २०८० बिहिबार २०:५५,

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले सेप्टेम्बर ११ को आक्रमणपछि गरेको गल्ती नदोहोर्‍याउन आग्रह गरेका छन्। हमासको आक्रमणपछि क्रोधमा नडुब्न पनि उनले सुझाए।

गाजाको अस्पतालमा सयौँ ज्यान जानेगरी हमला भएको बेला एक दिने भ्रमणका लागि इजरायल ओर्लिएका बाइडेन आफ्नो आतिथेयप्रति पूर्ण समर्थन जनाए। यहाँसम्म कि उनले इजरायलकै बोलीमा लोली मिलाउँदै अस्पतालमाथिको सो आक्रमण प्यालेस्टाइनी लडाकुहरुले नै गल्तीवश गराएको दाबी गरे।

तर, उनले इजरायलको युद्धको लक्ष्य स्पष्ट पार्न आग्रह गरे।

‘म सचेत गराउन चाहन्छु– तपाईंहरु क्रुद्ध हुनुहुन्छ। तर, क्रोधमा नडुब्नुहोला,’ बाइडेनले भने, ‘सेप्टेम्बर ११ पछि हामी अमेरिकामा क्रोधित थियो। जब हामीले न्यायको खोजी ग¥यौँ, हामीले गल्ती पनि ग¥यौँ।’

२००१ को आतंकवादी हमलापछि अमेरिकाले इराक, अफगानस्तिानलगायत मुलुकमा गरेको आक्रमणले ठूलो विनाश निम्त्याएनुका साथै आईएसआईएसलाई समेत जन्म दिएको थियो। ती युद्धहरुमा लाखौँलाख मानिस मारिएका थिए भने करोडौँ विस्थापित भएका थिए।

सिरिया, यमनलगायत मुलुक अहिले पनि द्वन्द्वबाट मुक्त हुन सकेका छैनन्।

अहिले इजरायलले प्यालेस्टाइनीहरुमाथि लादेको बर्बरताको विरुद्धमा विश्वभर प्रदर्शन भइरहेको छ।  इजारायलले प्यालेस्टाइनीहरुको नरसंहार गरिरहेको र पश्चिमा सरकारहरुले इजरायलको सवालमा मानव अधिकार हनन र युद्ध अपराधप्रति आँखा चिम्लेको आरोप लागिरहेको छ।

तर, बाइडेनले इजरायलका लागि अभूतपूर्व सहयोग उपलब्ध गराउन संसदसँग आग्रह गर्ने पनि बताए। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .