ad ad

ग्लोबल


इजरायलले इरानमा आक्रमण गर्ने तयारी गरिरहेको हो? यसो भन्छ आईडीएफ

इजरायलले इरानमा आक्रमण गर्ने तयारी गरिरहेको हो? यसो भन्छ आईडीएफ

नेपालखबर
कात्तिक ८, २०८० बुधबार १९:१९, काठमाडौँ

इजरायल र हमासबीच जारी द्वन्द्वका बीच तनावको दायरा लगातार बढिरहेको छ।

अमेरिकालगायत पश्चिमी मुलुकको समर्थन इजरायललाई छ।

उता इरानले भने इजरायललाई गाजामा आक्रमण रोक्न निरन्तर चेतावनी दिइरहेको छ।

यसैबीच इजरायलले इरानविरुद्ध हवाई हमलाको तयारी गरिरहेको छ कि भन्ने प्रश्न पनि उठिरहेको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता डेनियल हगारीले बुधबार यस विषयमा प्रतिक्रिया दिएका छन्। 

‘इरानले मध्यपूर्वलाई अस्थिर बनाउँदै छ’, हगारीले भने। 

उनले थपे, ‘हामीले निरन्तर निगरानी गर्न जरुरी छ।’

यद्यपि उनले यो पनि भने, ‘अहिले हाम्रो ध्यान गाजामा चलिरहेको द्वन्द्वमा केन्द्रित छ।’

इरानले के दियो चेतावनी?
इरानले गाजाको सुरक्षाबारे निरन्तर कुरा गरिरहेको छ। हिजबुल्लाहलाई पनि इरानको समर्थन रहेको बताइएको छ।

इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानले दुई दिनअघि इजरायललाई गाजामा आक्रमण बन्द नगरे ‘जुनसुकै बेला जे पनि हुनसक्ने’ चेतावनी दिएका थिए।

उनले भने, ‘यदि गाजामा भइरहेको मानवताविरुद्धको अपराध र नरसंहार रोकिएन भने जुनसुकै बेला जे पनि हुनसक्छ र यस क्षेत्रको स्थिति नियन्त्रण बाहिर जानेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .