ad ad

ग्लोबल


हुथी विद्रोहीले खसाल्यो अमेरिकाको ड्रोन विमान

हुथी विद्रोहीले खसाल्यो अमेरिकाको ड्रोन विमान

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार ७:३९, काठमाडौँ

एक वरिष्ठ अमेरिकी अधिकारीले यमनका हुथी विद्रोहीले अमेरिकी एमक्यू-९ रिपर ड्रोन खसालेको बताएका छन्।

समाचार एजेन्सी एएफपीका अनुसार एक अमेरिकी अधिकारीले भनेका छन्, ‘अमेरिकी सेनाको रिमोट कन्ट्रोल विमानएमक्यू-९ लाई यमनको तटमा हुथी सेनाले खसालेको छ।’

हुथी एउटा सशस्त्र समूह हो जसले सन् २०१५ देखि यमनको समर्थक साउदी सरकारसँग युद्ध लडिरहेको छ।

यसअघि हुथी विद्रोहीले इजरायल र हमासबीचको युद्धमा अमेरिका प्रत्यक्ष रूपमा संलग्न भएमा हमाससँग मिलेर इजरायलविरुद्ध आक्रमण गर्ने धम्की दिएका थिए।

अक्टोबर ७ मा हमास र इजरायलबीच द्वन्द्व सुरु भएदेखि नै मध्यपूर्वमा आफ्ना सेनाविरुद्ध आक्रमण बढेको अमेरिकाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .