अमेरिकाका राष्ट्रपति जो बाइडेनले गाजामा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वव्यापी समर्थन गुमाइरहेको टिप्पणी गरेका छन्।
मंगलबार कोष संकलन कार्यक्रम बाइडेनले दिएको उक्त अभिव्यक्ति इजरायलविरुद्ध अमेरिकाको अहिलेसम्मकै कडा टिप्पणीका रूपमा हेरिएको छ।
गत अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपछि अमेरिकाले इजरायललाई खुलेर समर्थन गरिरहेको छ।
तर बाइडेनले अमेरिका सधैँ इजरायलका पक्षमा रहेको दोहोर्याए पनि यसो भने, ‘इजरायलको साथमा अमेरिका छ, अहिले अमेरिकाका साथै अरू पनि अमेरिकाका साथमा छन्, उसको साथमा युरोपियन युनियन छ, युरोप छ, विश्वका अधिकांश हिस्सा उसकै पक्षमा छ तर अन्धाधुन्द बमबारी गरेर उसले त्यो समर्थन गुमाइरहेको छ।’
159
Shares
प्रतिक्रिया