अघोषित रुपमा आफ्नो प्रतिरक्षा क्षेत्रमा चिनियाँ र रुसी लडाकु विमान प्रवेश गरेपछि त्यसलाई रोक्न आफ्ना लडाकु जेट उडाइएको दक्षिण कोरियाको सेनाले जनाएको छ।
दक्षिण कोरियाका जोइन्ट चिफ्स अफ स्टाफले जारी गरेको वक्तव्यअनुसार चार रुसी र दुई चिनियाँ जहाज बिहीबार कोरियाको एयर डिफेन्स आइडेन्टीफिकेसन जोनमा पसेका थिए।
तर, कोरियाको हवाई क्षेत्रमै चाहिँ ती विमान नपसेको सेनाले जनाएको छ।
कुनै मुलुकको एयर डिफेन्स आइडेन्टीफकेसन जोन भन्नाले उसले अन्य मुलुकका विमान आइपुग्दा पहिचान खुलाउन माग गर्ने क्षेत्र हो। यो मुलुकको हवाई प्रतिरक्षा क्षेत्र अर्थात् समुद्र किनारबाट १२ नटिकल माइलभन्दा बाहिरको क्षेत्र हो।
यसबारे कुनै अन्तर्राष्ट्रिय कानुन बनाइएको छैन।
ती विमानलाई रोक्न दक्षिण कोरियाली सेनाले आफ्ना लडाकु विमान खटाएको बताएको छ।
चीन र रुस दुवै उत्तर कोरियाका निकट सहयोगी हुन्। एजेन्सी
Shares
प्रतिक्रिया