इजरायलले हमासको सबैभन्दा ठूलो सुरुङ फेला पारिएको दाबी गरेको छ।
इसरायली सेना (आईडीएफ) ले उक्त सुरुङ ४ किलोमिटरसम्म फैलिएको बताएको छ।
आईडीएफले एक्स (पहिलेको नाम ट्विटर) मा भिडिओ सेयर गर्दै लेखेको छ, ‘सुरुङ प्रवेश इरेज क्रसिङबाट ४०० मिटर (१,३१० फिट) मात्रै छ। इरेज क्रसिङमार्फत, गाजाका मानिस काम गर्न र अस्पतालमा उपचार गर्न इजरायल जान्छन्। गाजाका मानिसहरूले यसलाई हरेक दिन प्रयोग गर्छन्।’
हेर्नुहोस् भिडिओ–
EXPOSED: The biggest Hamas terrorist tunnel discovered.
This massive tunnel system branches out and spans well over four kilometers (2.5 miles). Its entrance is located only 400 meters (1,310 feet) from the Erez Crossing—used by Gazans on a daily basis to enter Israel for work… pic.twitter.com/RcjK5LbvGL— Israel Defense Forces (@IDF) December 17, 2023
यसअघि शुक्रबार इजरायली सेनाले गाजामा जारी अपरेसनका क्रममा गल्ती आफ्नै ३ नागरिकलाई गोली हानी हत्या गरिएको बताएको थियो।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा अहिलेसम्म इजरायली आक्रमणबाट १८ हजारभन्दा बढी मानिस मारिएको र हजारौँ घरबारविहीन भएको बताएको छ।
इजरायलले हमासविरुद्ध भारी बमबारी र भूमिगत सैन्य कारबाही गरिरहेको छ। इजरायलले हमासको अन्त्य नभएसम्म आक्रमण जारी राख्ने बताएको छ।
Shares
प्रतिक्रिया