ad ad

ग्लोबल


लगातार दोस्रो वर्ष पनि घट्यो चीनको जनसंख्या

लगातार दोस्रो वर्ष पनि घट्यो चीनको जनसंख्या

नेपालखबर
माघ ३, २०८० बुधबार १२:५१,

चीनको जनसंख्या लगातार दोस्रो वर्ष पनि घटेको छ। यसले विश्वको दोस्रो ठूलो अर्थतन्त्रको भविष्यमाथिको चिन्तालाई बढाइदिएको छ।

गतवर्षसम्म विश्वको सबैभन्दा धेरै जनसंख्या भएको चीनलाई भारतले उछिनेको थियो।

चिनियाँ तथ्यांकअनुसार उसको जनसंख्या १.४०९ अर्ब छ। यो अघिल्लो वर्षभन्दा करिब २० लाखले कम हो। अहिले भारतको जनसंख्या १.४२५ अर्ब छ।

गत वर्ष चीनको जनसंख्या ८ लाख ५० हजारले घटेको थियो। यसवर्ष यो घटाइ दोब्बर भएको छ।

यससँगै ६० वर्षपछि चीनको जनसंख्या ओरालो लागेको छ। घट्दो जन्मदर र तीव्र सहरीकरणका बीच जनसंख्यामा कमी आएको हो।

बेइजिङका अनुसार अहिले चीनको जन्मदर प्रतिहजार ६.३९ छ। यो भनेको हालसम्मकै सबैभन्दा कम हो। यो दर जापानमा ६.३ र दक्षिण कोरियामा ४.९ छ।

चीनले १९८० देखि २०१५ सम्म एक सन्तान नीति अपनाएको थियो। त्यसपछि दुई र २०२१ देखि तीन सन्तानका लागि सरकारले अनुमति दिएको छ।

तर, यसले जोडीहरुलाई थप सन्तान जन्माउन प्रेरित गर्न सकेको छैन। सहरको चर्को महंगी र महिलाहरुका लागि करिअर प्राथमिकतामा पर्दा जन्मदर बढ्न नसकेको बताइन्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .