युक्रेनको सिमानामा रहेको दक्षिणी बेल्गोरोड क्षेत्रमा बुधबार रुसी सैन्य विमान दुर्घटना हुँदा ७४ जनाको मृत्यु भयो। तीमध्ये ६५ जना युक्रेनी युद्धबन्दी रहेको बताइएको छ।
विमान याब्लोनोभ नामको गाउँनजिकै खसेको थियो। भिडिओमा विमान तल खसेको देखिन्छ।
रुसले उक्त विमान युक्रेनले खसालेको आरोप लगाइरहेको छ।
तर युक्रेनले यसबारे अहिलेसम्म आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन। एक वरिष्ठ अधिकारीले यसबारे पछि टिप्पणी गर्ने बताएका छन्। उनले भनेका छन्, ‘जानकारी पुष्टि भएपछि मात्र केही भन्न सकिन्छ।’
युक्रेनी अधिकारीले मिडिया र नागरिकलाई यसबारे कुनै पनि अनुमान नगर्न अपिल पनि गरेका छन्। यसबारे अनुसन्धान गरिरहेको उनीहरूले बताएका छन्।
69
Shares
प्रतिक्रिया