क्योटो एनिमेसन स्टुडिओमा आगजनी गर्ने जापानी व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको छ। २०१९ मा भएको सो घटनामा ३६ जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए।
यो घटनामा जापानका तन्नेरी कलाकारहरुको मृत्यु भएको थियो।
४५ वर्षे अभियुक्त सिन्जी आओबाले सो घटनामा साबिती बयान दिएका थिए। तर, उनका वकिलहरुले मानसिक अक्षमताका कारण उनलाई कम सजाय हुनुपर्ने बताएका थिए।
तर, न्यायाधीशहरुले सो तर्कलाई खारेज गरेका छन्। अपराध गर्दाको समय उनी मानसिक रुपले कमजोर नरहेको न्यायाधीशरुको ठहर छ।
आगजनीपछि माथिल्लो तलामा थुनिएका एनिमेसन कलाकार मारिएका थियो।
अभियोक्ताहरुले उनलाई मृत्युण्ड माग गरेका थिए।
जुलाई २०१९ मा उनले सो भवनको भुइँ तलामा पेट्रोल छर्केर आगजनी गरेका थिए। एजेन्सी
87
Shares
प्रतिक्रिया