बेलायती राजा चार्ल्सलाई क्यान्सर लागेको बकिङ्गम प्यालेसले जनाएको छ। उनलाई लागेको क्यान्सरको प्रकार भने खुलाइएको छैन।
हालै उनको प्रोस्टेटको उपचार गरिएको थियो। तर, उनलाई प्रोस्टेट क्यान्सर नभएको बताइएको छ। सोमबारबाट उनको नियमित उपचार सुरु गरिएको र त्यो समय सार्वजनिक जिम्मेवारी पछि सारिने दरबारले जनाएको छ।
राजा चार्ल्स ७५ वर्षका भए।
आफ्ना दुवै छोरालाई उनले आफैँले रोगबारे जानकारी दिएका छन्। अमेरिकामा बस्ने राजकुमार ह्यारीसँग पनि उनले गरेको र ह्यारी उनलाई हेर्न बेलायत जाने बताइएको छ।
यो क्रममा उनले आफ्नो संवैधानिक कर्तव्यलाई पालाना गर्ने र साप्ताहिक रुपमा प्रधानमन्त्रीलाई भेटिरहने जनाइएको छ।
एक साताअघि लन्डनको एक निजी अस्पतालमा उनको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो। सो क्रममा अलग्गै क्यान्सर पत्ता लागेको वक्तव्यमा जनाइएको छ। एजेन्सी
567
Shares
प्रतिक्रिया